एमाले चितवनको जिल्ला अध्यक्षको विवाद अन्त्य

चितवन, कात्तिक ९ । नेकपा एमाले चितवनको जिल्ला अध्यक्षको विवाद अन्त्य भएको छ । जिल्ला अधिवेशन आयोजक समितिको तेस्रो बैठकले नेतृत्वको बिवाद समाधान गरेको हो ।

आफ्ना उत्तराधिकारीका रुपमा पार्वती रावललाई अध्यक्ष छाडन तयार हुनुभएपछि बिवाद मिलेको हो । बैठकमा निवर्तमान अध्यक्ष पोखरेलले पार्टीलाई एकतावद्ध बनाउँदै बिपक्षी गठबन्धनबिरुद्ध शसक्त रुपमा उतार्नका लागि दावी छाडनु भएपछि बिवादको समाधान आएको हो ।

frontline

बैठकमा माधव नेपाल पक्षका नेताहरु नेकपा एमालेमै रहने गरी गरिएको १० बुँदे सहमतिमा पार्टी कमिटी २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने उल्लेख थियो ।

तर सो सहमति कार्यान्वयनको सन्दर्भमा चितवनमा विवाद देखिएको थियो । २०७५ जेठ २ को अवस्थामा फर्किदा चितवनको एमाले अध्यक्ष क्षेत्र नं २ का सांसदसमेत रहनुभएका पोखरेलले पार्वती रावललाई छाडने बताउनु भएपछि बिवाद मिलेको हो ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here