एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दै

फाइल फोटो

१९ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय  बैठक आज १ बजे बस्ने भएको छ । 

भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने तय भएको बैठकमा एमालेले स्थानीय तहकाे निर्वाचन र पार्टीका विभिन्न विभागका काम कारवाहीबारे छलफल हुने जनाइएकाे छ ।

frontline

आज बस्ने बैठकमा विभिन्न विषय समेटिने गरी छलफल गर्नेबारे सोमबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार आजको केन्द्रीय सचिवालय बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयले स्थान पाउने बताइएको छ ।

आजको बैठककाे निर्णय तथा छलफलका आधारमा एमालेको भावी कार्यदिशा तय हुने बताइएको छ । कोरोना महामारीका कारण सचिवालय बैठकमार्फत निर्णय गर्नु परेको एमालेले जनाएको छ ।

एमालेको केन्द्रीय सचिवालय अध्यक्ष ओलीसहित १९ सदस्यीय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here