एमाले कार्यदलको बैठक पुन आज सात बजे बस्दै
काठमाडौं । नेकपा एमालेको विवाद समाधन गर्न गठित कार्यदलको बैठक बिहीबार बेलुकी सात बजे बस्ने गरी स्थगित गरिएको छ ।
बिहीबार दिउँसो अर्थ मन्त्रालयमा बसेको बैठकमा छलफल सकारात्मक भएको कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले बताए ।
छलफललाई निष्कर्षमा पुर्याउन थप तयारी आवश्यक भएको भन्दै उनले भने, ‘७ बजे हामी बस्छौं र भरसक आज यसलाई निष्कर्षमा पुर्याउने हाम्रो जोड हुन्छ ।’
कार्यदलका अर्का सदस्य गोकर्ण विष्टले पनि छलफलमा प्रगति भएको बताए ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सम्वादलाई मध्यनजर गर्दै कार्यदलमा छलफल भएको भन्दै उनले भने, ‘कतिपय विषयमा हिजोभन्दा आज थप प्रगति भएको छ । लगभग हामी समाधानको विन्दुमा आएका छौं ।’
एमाले कार्यदल सोमबारयता निरन्तर छलफलमा छ ।
त्यही क्रममा बुधबार साँझ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता समेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्