एमाले अध्यक्ष ओलीको गृह नगर दमकमा राप्रपा विजयी

६ जेठ, झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर तथा निर्वाचन क्षेत्र दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ ।

एमालेकी उम्मेदवार पूर्व नगर उपप्रमुख गीताकुमार अधिकारीलाई राप्रपाका रामकुमार थापाले ५५९ मतले हराए । थापाले १७५२५ मत पाए । निकटतम प्रतिष्पर्धी अधिकारीले १६९६६ मत पाइन्।

frontline

उपप्रमुखमा गठबन्धनकै कांग्रेस उम्मेदवार रेगिना प्रसाई विजयी बनिन् । उनले १७०७२ मत पाउँदा निकटतम प्रतिष्पर्धी एमालेका अम्विका प्रसाद खनालले १६५७४ मत पाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here