एमालेले उठाएका माग संविधान विपरित भएकोले कहिल्यै पूरा हुँदैन : मुख्यमन्त्री केसी
५ मंसिर, तानसेन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रतिपक्षी दल नेकपा एमाले पाटीले संविधानविपरित माग उठाएर संसद् अवरुद्ध गरिरहेको बताएका छन्।
नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले एमाले पाटीले वर्षौंसम्म आन्दोलन गरे पनि एमालेले उठाएका माग संविधान विपरित माग भएकोले कहिल्यै पूरा नहुने बताए।
सर्वोच्च अदालतले गरेका निर्णय र फैसला अनुसार एमालेले प्रदेश सभा अवरुद्ध गरी संसद चल्न नदिनु भनेको संविधान र संघीयताविपरित भएको मुख्यमन्त्री केसीले बताए। चितवनमा हुने दसौं महाधिवेशनबाट गलत कुरा नारायणीमै बगाएर एमाले सही नीति सही बाटोमा आउने आफ्नो सरकारले गरेको मुख्यमन्त्री केसी ले बताए।
पाँच दलीय गठबन्धको सहमतिमा आफू मुख्यमन्त्री भएको बताउँदै सत्ता छोड्ने विषयमा दिन महिना तोकेर कसैसँग पनि लिखित सहमती नभएको मुख्यमन्त्री केसीले बताए। पाँच दलीय गठबन्धनको निर्यण र पाटीको निर्यणअनुसार काम गर्ने मुख्यमन्त्री केसीले जोड दिए।
सिद्धबाबाको बाटोलाई दीर्घकालीन रुपमा समाधानको लागि पहाड कटान नै उपयुक्त विकल्प भएको मुख्यमन्त्री केसीले बताए। सिद्धबाबाको पहाड काटेर श्रोत बिक्री गर्ने र बाटो फराकिलो बनाउँदै बाटोलाई सुरक्षित बनाउन अहिले पनि लुम्बिनी प्रदेश सरकार कटिवद्ध रहेको मुख्यमन्त्री केसीले जोड दिए।
केही वातावरण विदहरुले पहाड कटान गर्दा वातावरणीय सन्तुलन बिग्रने भन्दै मुद्दा हालेकोले प्रदेश सरकारले डिजाइन गरेको सिद्धबाबाको पहाड कटान रोकिएको मुख्यमन्त्री केसीले बताए।
पाल्पालाई लुम्बिनी प्रदेशकै प्रमुख हिल स्टेशनको रुपमा विकास गर्न प्रदेश सरकार क्रियासिल रहेको मुख्यमन्त्री केसीले बताए। तानसेनमा रहेका ऐतिहासिक पुरातात्विक महत्वका पर्यटकीय संरचनालाई पाल्पालीहरुले अपनत्व गरी सोही अनुसारका पुर्वाधार निर्माण गर्न मुख्यमन्त्री केसीले जोड दिए।
पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष भरत शर्माको स्वागत र सञ्चालन सचिव यज्ञमुर्ति तिमिल्सीनाले गरेका थिए।
प्रतिक्रिया दिनुहोस्