एमालेले अर्थमन्त्री शर्माविरुद्ध सडक र सदनबाट विरोध गर्ने

फाइल तस्बिर

१५ साउन, काठमाडौं । नेकपा एमालेले अर्थमन्त्रीमा नियुक्त भएका जनार्दन शर्माविरुद्ध सडक र सदनबाट विरोध गर्ने भएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानविन समितिको फरकमतलाई बेवास्ता गरेको भन्दै सडक र सदनबाट विरोध गर्ने जानकारी दिए ।

frontline

भट्टराईले भने, ‘बहुमतका नाममा अल्पमतलाई पेल्ने काम भयो । फरक मत लिएर जनताका बीचमा जान्छौं । सडक र सदनबाटै आन्दोलन गर्छौं । कडा रुपमा प्रतिवाद गर्छौं । ‘

आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका शर्माले असार २२ गते अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

शर्मामाथि केही व्यवसायीलाई अनुकूल हुने गरी राजस्वका दरहरू हेरफेर गरेको आरोप लागेको थियो । त्यसपछि सरकारले उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो ।

संसदीय छानबिन विशेष समितिले बजेट निर्माणमा अनधिकृत व्‍यक्तिको सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here