एमालेद्वारा विपत्तिमा परेकाहरुको तत्काल उद्धार गर्न सरकारलाई आग्रह
काठमाडौं । नेकपा एमालेले प्राकृृतिक विपत्तिमा समस्यामा परेकाहरुको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।
प्रवक्ता प्रदीप ज्ञवालीले प्रेस विज्ञप्ति जारी गरी विपत्तिमा तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउन, मृतकका परिवारका लागि राहत उपलब्ध गराउन, वेपत्ताहरुको खोजी गर्न र बाढीले बेघर बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारलाई आग्रह गरेका हुन् ।
एमालेले सरकारले हालै पारित गरेको विपद प्रतिकार्य योजना प्रभावकारी रुपमा कार्यान्वयन गन पनि आग्रह गरेको छ ।
त्यस्तै विपत्तिको समयमा स्वयंसेवी भावनाका साथ उद्धार र राहत कार्यमा सम्पूर्ण रुपमा परिचालित हुन जनप्रतिनिधि, पार्टी कमिटी र युवा पंक्तिलाई एमालेले आह्वान गरेको छ ।
केही दिनयता लगातारको वर्षापछि देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुवानका घटना हुँदा जनधनको क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस्