एमसीसी सम्झौताविरुद्ध १८ दलले माघ २६ गते विरोध प्रदर्शन गर्ने

२५ माघ, काठमाडौं । एमसीसी सम्झौताविरुद्ध संसद बाहिर रहेका १८ राजनीतिक दलले माघ २६ गते काठमाडौंमा व्यापक जनसहभागितामा विरोध प्रदर्शन गर्ने भएका छन् ।

संसद बाहिर रहेका १८ राजनीतिक दल, विभिन्न संघसंस्था र अभियानहरुको मोर्चा संयुक्त जनआन्दोलनले एमसीसी विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

frontline

राजधानीमा आयोजित कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले एमसीसी खारेज गर्नका लागि माघ २६ गते विरोध कार्यक्रम राखिएको बताए । उनले देश बचाउन र देशको सार्वभौममसत्ताको लागि सबै जनता उठ्न पर्ने बताए ।

नेपाल सरकार र एमसीसीबीच भएको पहिलोपटक (२०७४ साल भदौ)मा हस्ताक्षर हुँदा सुरुमै संसदबाट अनुमोदन गर्ने नलेखिएको उल्लेख गर्दै उनले भने, ‘त्यसलाई एक वर्षपछि संसदबाट अनुमोदन गर्ने एमसीसी हेडक्वाटरबाट नेपालमा लिखत आयो यहाँका शिर्ष नेता, कर्मचारीहरुले विगतको नजिर पनि हेर्दै नहेरी पास गर्न अगाडि बढेका छन् ।

विगतका नजिर नहेरी यस्ता सम्झौता–सन्धीहरु नेपाल सरकारले पारित गरेको इतिहास छैन ।’

मैनालीले संविधानको प्रावधान नहेरी गर्न नपर्ने कुरालाई पनि थुपारेर, अनुमोदन पछिको दुष्प्रभावको बारेमा केही नसोची संसदबाट अनुमोदन गर्न जुटेको आरोप लगाए ।

संसदले उक्त सम्झौता अनुमोदन गरेपछि आफै कानुन बन्ने उनको भनाइ थियो । एमसीसी सम्झौतामा उल्लेख भएका कुरा कानुन सरह हुने पनि मैनालीले दाबी गरे ।  एमसीसी सम्झौतामा नेपालको कानुनभन्दा अमेरिकाका माथि हुने स्पष्ट भएको उनले जिकिर गरे । 

‘प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न चर्को दबाब दिदै देशलाई नव उपनिवेश बनाउन खोज्नुभएको छ,’ उनले भने । देउवाले देशलाई द्वन्द्वमा धकेल्ने प्रपञ्च भइरहेको गरेको आरोप लगाए ।

आन्दोलन कार्यक्रममा नेपालको लागि नेपाली, जनसमाजवादी पार्टी नेपाल, नेपाल सर्वहारा कम्युनिष्ट पार्टी ‘भावर’, उन्नत लोकतान्त्रिक पार्टी, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा, नेकपा समाजवादी, राष्ट्रिय मुक्ति आन्दोलन मोर्चा, जनसमाजवादी समाज नेपाल, सार्थक अभियान नेपाल लगायत राजनीतिक दल, संघसंगठन तथा अभियानहरुको समर्थन रहेको छ ।

नेकपा (माले), नेपालका लागि नेपाली पाटी, नेकपा (संयुक्त), त्रिमूल नेपाल पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), नेकपा (मालेमा केन्द्र), उन्नत लोकतन्त्र पार्टी, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा, नेपालवाद पार्टी, नेकपा (समाजवादी), माओवादी कम्युनिस्ट पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय सष्तिक, एमसीसी विरोधी खारेजी अभियान, पुष्पलाल अध्ययन समाज, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेपाल कम्युनिस्ट पार्टी, जनसमाजवादी मंच नेपाल, प्रगतिशील रुपान्तरण आन्दोलन, सार्थक अभियान नेपाल लगायत विभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरुको सो आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here