एमसीसी फिर्ता लिन सरकारसँग वामदेव गौतमको आग्रह

२५ कार्तिक, काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अमेरिकी मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् ।

नेकपा एमालेको पूर्व उपाध्यक्षसमेत रहेका गौतमले एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रबर्नद्धन गर्न अनुरोध पनि गरेका छन् ।

frontline

एमसीसीबारे जनमत बाझिएकाले फिर्ता लैजानु नै श्रेयस्कर हुने उनको भनाइ छ । 

“एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको छ ।

नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न ।

यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न बिनम्र अनुरोध गर्दछु,” विज्ञप्तिमा भनिएको छ“ यो अवस्थालाई मध्यनजर गर्दै एक पक्षीय रुपमा भए पनि मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रबर्द्धन गर्न विनम्र अनुरोध गर्दछु ।”

एमसीसीसँग गरिएको सम्झौता पछि नेपाली जनताले अमेरिकाप्रति गम्भीर आशंका व्यक्त गरिरहेको उनको भनाइ छ । यो सम्झौताले नेपालका छिमेकी मुलुकहरूसँग सम्बन्ध बिग्रने हो कि भन्ने शंका व्यक्त भइरहेको उनको भनाइ छ ।

सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको भन्दै उनले फिर्ता लिन आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here