एमसीसी पास भएकाे छ, सुखद् कुरा हाे, अब देश सम्पन्न भएर जान्छ : प्रधानमन्त्री देउवा
२७ फागुन, वीरगञ्ज । प्रधान मन्त्री शेरबहादुर देउवाले अब देश सम्पन्न भएर जाने बताएका छन् । नेपाली कांग्रेस पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बाेधन गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले यस्ताे बताएका हुन् ।
‘गठबन्धनमा रहेका दलकाे सहयाेगमा एमसीसी पास भएकाे छ,’ देउवाले भनेका छन्, ‘याे सुखद् कुरा हाे । अब देश सम्पन्न भएर जान्छ । एमसीसी कुनै ऋणबापत् आएकाे सहयाेग हाेइन, अनुदान हाे । यसर्थ अब यसले राेजगारी सिर्जना गर्छ र यसले राष्ट्र सम्पन्न गर्छ ।’
प्रधान मन्त्री देउवाले देश, जनता र संविधानका लागि गठबन्धन आवश्यक रहेकाे बताए । ‘अहिले गठबन्धनकाे सरकार छ । संविधान बचाउन र जनताकाे पक्षमा काम गर्न अहिलेकाे गठबन्धन आवश्यक छ । गठबन्धनमा रहेका दलहरूकाे सहयाेगले म प्रधान मन्त्री बनेकाे छु । मिलेर काम गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्