एमसीसीविरुद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीको संयुक्तरुपमा प्रदर्शन

४ फागुन, काठमाडौं । सरकारले एमसीसी संसदमा पेस गर्ने तयारी गरेपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको छ ।

यसैक्रममा एमसीसीको विरोधमा नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एमसीसीको विरोधमा प्रदर्शन भइरहेको छ ।

frontline

सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।

प्रहरीले प्रदर्शनकारीलाई रोक्न खोजेपछि सामान्य धरपकड भएको छ ।

माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले एमसीसीविरुद्ध उभिने औपचारिक निर्णय गरिसकेको छ ।

माओवादीले यथास्थितिमा एमसीसी स्वीकार्न नसकिने र जबरजस्त संसदमा पेस गरे सरकार छोड्ने माओवादी केन्द्रले जनाएको छ ।

यसअघि नै विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय गठबन्धन एमसीसीको विरोधमा उभिएका छन् ।

उनीहरुले आज एमसीसीको विरोधमा आज देशभर बन्द आह्वान गरेको छ ।

राजनीतिक दलहरूले बन्द घोषणापछि गृह मन्त्रालयले उच्च सुरक्षा सतर्कता अपनाउन तथा निगरानी राख्न भन्दै हिजो बेलुकी देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here