एमसीसीविरुद्ध प्रदर्शनमा उत्रेका ७७ जना पक्राउ

४ फागुन, काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताविरुद्ध प्रदर्शनमा उत्रेका ७७ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले उपत्यकाभर हालसम्म ७७ जना पक्राउ परेको जानकारी दिए ।

frontline

बुधबार राप्रपाका २१ भ्रातृ संगठन, अन्य ६ दल, माओवादी केन्द्रको भ्रातृ संगठनसहितले संसद भवन स्थल बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।

बानेश्वर क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ । प्रदर्शनकारीले ढुंगामुडा गरेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ । भीडलाई तितरवितर पार्दै विभिन्न व्यक्तिलाई पक्राउ गरेको हो ।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here