एमसीसीविरुद्ध प्रदर्शन, बानेश्वर क्षेत्र तनावग्रस्त

६ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा आज पनि प्रदर्शन जारी छ ।

शुक्रबार बिहानैदेखि नयाँबानेश्वर क्षेत्रमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु एमसीसीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन् । 

frontline

प्रदर्शनकारीहरुले सडकमा टायर बालेका छन्। उनीहरुले नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन्। ‘एमसीसी चाहिदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाउँदै विरोध प्रदर्शनमा उत्रिएका छन्। 

प्रदर्शनमा अप्रिय घटना हुन नदिन बानेश्वरमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। यसअघि बुधबार एमसीसीविरुद्ध प्रदर्शन हुँदा बानेश्वर क्षेत्र तनावग्रस्त भएको थियो।

निषेधित क्षेत्र तोड्न थालेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो। सोही क्रममा दर्जनौं प्रदर्शकारी र प्रहरी घाइते भएका थिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here