एमसीसीविरुद्ध नयाँबानेश्वरमा प्रदर्शन

फाइल तस्बिर

६ फागुन, काठमाडौं । एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन जारी छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् ।

frontline

प्रदर्शनकारीलाई प्रहरीले एभरेष्ट होटलनेर रोकेको छ । बानेश्वरमा उल्लेख्य संख्यामा प्रहरी खटाइएको छ ।

प्रदर्शनकारीमाथि पानीको फोहोरा हान्ने गाडी पनि तैनाथ गरिएको छ । गत बुधबार बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन चर्किंदा स्थिति तनावग्रस्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here