एमसीसीविरुद्ध खबरदारी गर्दै प्रदर्शन, प्रहरीद्वारा लाठीचार्ज

फाइल तस्बिर

२८ मंसिर, काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको छ ।

नयाँ बानेश्वरको पानी ट्यांकीनजिकै सडकमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

frontline

प्रदर्शनकारीले एमसीसीविरुद्ब नाराबाजी गरेका छन् ।

मंगलबारदेखि संसद अधिवेशन बोलाइएको छ र यसको एउटा मुख्य एजेण्डा एमसीसी भएको दलहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here