एमसीसीको विरोधमा राप्रपा पनि सडकमा
४ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सडकमा उत्रिएको छ ।
राप्रपाका कार्यकर्ताहरु जुलुससहित नयाँबानेश्वरतर्फ अघि बढेका छन् ।
माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)लगायत दलका कार्यकर्ताहरु पनि एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् ।
प्रदर्शनकारीहरूलाई प्रहरीले नयाँ बानेश्वरको एभरेष्ट होटल क्षेत्रमा रोकेको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पार्टीका भ्रातृ संस्थाहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेको बताए ।
विरोध प्रदर्शनका कारण अहिले माइतीघर-तीनकुने सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ ।
सरकारले आज एमसीसी पास गर्ने प्रस्तावमा संसदमा पेस गर्ने तयारी गरेपछि बानेश्वर वरपरको क्षेत्रमा प्रदर्शन गर्नेहरूको संख्या बढेको छ ।
प्रतिक्रिया दिनुहोस्