(एमसिसी)५० करोड डलरको अनुदान अमेरिकी जनताको तर्फबाट नेपालीलाई उपहार हो : अमेरिकी दूतावास

८ फागुन, काठमाडौं । नेपालमा हस्तक्षेप गर्दै सैनिक ल्याएर स्वतन्त्रतामाथि नै हस्तक्षेप गर्ने रणनीति अनुसार मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) अनुदान ल्याउन लागेको भन्दै विरोध भइरहेको छ।

तर नेपालस्थित अमेरिकी दूतावासले भने ५० करोड डलरको अनुदान अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार भएको दाबी गरेको छ।

frontline

एमसिसीबारे चिनिया विदेश मन्त्रालयका प्रवक्ताले औपचारिक प्रतिक्रिया दिएको भोलिपल्ट शनिवार विज्ञप्ति जारी गर्दै दूतावासले भनेको छ’ नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो।’

एमसिसीले नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको जीवनमा सुधार गर्ने विज्ञप्तिमा दाबी गरिएको छ।

विज्ञप्तिमा भनिएको छ’ यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ।’

दूतावासको विज्ञप्ति

नेपाल – यो वर्ष नेपाल र अमेरिकाबिचको सम्बन्धको ७५औँ वर्ष हो। यी ७५ वर्षमा नेपालमा विशाल परिवर्तनहरू भएका छन्। यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्व तयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ।

नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो।

५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो र हाम्रा मुलुकहरूबिचको एउटा साझेदारी हो जसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको जीवनमा सुधार गर्नेछ। यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here