एभरेष्ट बैंकको नयाँ शाखा धादिङको धार्केमा विस्तार
धादिङको धार्केमा एभरेष्ट बैंकको नयाँ शाखा सोमबारबाट सञ्चालनमा आएको छ । धार्के शाखाको धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले उद्घाटन गर्नु भए सँगै सञ्चालनमा आएको हो । बैंकको १ सय १ औँ शाखाको रुपमा धार्केमा सेवा विस्तार गरिएको बैँकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले धार्केमा बैँकले सेवा विस्तार गरेकोमा खुसी व्यक्त गर्दै नगरपालिकाकले पनि बैँक सँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ । यसैगरी उहाँले किसानलाई ऋण लगानी गर्दा नागरिक लाई दुःख नदिन पनि बैंकलाई आग्रह गर्दै सम्बन्धित किसान सम्म नै पुगेर सहुलियत दरमा ऋण प्रवाह गर्न आग्रह गर्नु भयो ।……
https://statementandresponse.com/public/user/dhunibeshi
प्रतिक्रिया दिनुहोस्