एन आर एन ए अष्टिया हाक्दै भवानी तिवारी

श्रोत : ईन्टरनेट

राईट नेपाल, यूरोप । गैर आबासीय नेपाली संघ अस्ट्रियाको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्बारी दिनु भएकी बर्तमान महासचिब भवानी तिवारीले आगामी योजना र प्रतिबद्धता राख्दै अस्ट्रियाको नेपाली समुदायसँग सहयोग र समर्थनका लागि अनुरोध गर्नु भएकोछ ।

तिवारीले सार्वजनिक गर्नु भएका प्रतिबद्धतामा संगठनलाई बिधी र प्रकृयाले चलाऊने र नेपाली समुदायको एकता र सम्ब्रिद्धीको लागि संगठनात्मक प्रयास गर्ने बताउनु भएको छ ।

frontline

तिवारीका एजेन्डा र योजना ….

२००५ देखि नै गैर आवासीय नेपाली संघलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग र माया गर्दै आएकी हुँ। विदेशी भूमीमा सुरुवाति दिनहरुको संघर्षमयी अवस्था र अन्य संघसंस्थाहरुमा प्रत्यक्ष आवद्द रहेको कारणले गर्दा गैर आवासीय नेपाली संघको कार्यसमिति भित्रै रहेर जिम्मेवारी लिएको थिइन, किनकि एकै कार्यकालमा धेरै संघ संस्थाहरुको जिम्मेवारी लिंदा आफुले समय दिन नसक्ने र इच्छुक अन्य साथीहरुले पनि पदीय जिम्मेवारी लिएर काम गर्नबाट बन्चित हुँने हुँदा आफूले जिम्मेवारी लिनु पूर्व मैले त्यस्ता सामान्य कुराहरुलाई पनि ख्याल गर्ने गरेकी छु।

विभिन्न संस्थाहरुसंग आवद्द रहेर पदीय जिम्मेवारी निभाउँदै स्वदेश तथा विदेशमा भोगेका भोगाई र अनुभवहरुको एनआरएनएको फोरम मार्फत उचित सदुपयोग गर्न तयार छु। तीन दशकको भोगाई , अनुभव र मेहनतले गर्दा नै आज राष्ट्रिय समन्वय परिषद अष्ट्रीयाको अध्यक्ष पदमा जिम्मेवारी लिने साहस जुटाउन सफल भएकीछु। आज म जहाँ छु आफन्त र परिवारहरुको साथ सहयोग र मेरो मेहनत, इमान्दारिता प्रति साथी भाईहरुले गर्नु भएको विश्वास नै हो।

अहिलेको परिस्थितिमा अध्यक्षको जिम्मेवारी लिन अग्रसर हुँदै गर्दा , अष्ट्रीया बाहिरका धेरै साथीहरुले सोध्नु हुन्छ एजेण्डाहरु के के छन ?

अष्ट्रीयाको सुन्दर र सानो नेपाली समाजलाई एउटा छुट्टै खालको पहिचान दिने इच्छा छ। यहाँको नेपाली समुदायको मर्म र भावनालाई कदर गर्दै मातृभूमि नेपालको लागि सक्दो साथ रहनेछ। विभिन्न जाति,धर्म,पेशा र पहिचान भएको अस्ट्रियाको नेपाली समाज ,संघ संस्थाहरुलाई गोलबन्द गराएर चिसिएका र टाढीएका नेपाली नेपाली वीचको सम्वन्धलाई सुमधुर बनाएर एकताको सुत्रमा बाध्ने प्रयास नै प्रमुख रहने छ। दोश्रो भनेको संस्थालाई सांगठानिक रुपमा भित्रै देखि बलियो बनाउँन पर्ने जरुरी देखेकीछु।

(१) एनआरएनए अस्ट्रियालाई सहकार्य सहमति र एकताको माध्यमबाट सबैको भाबनालाई बोक्न सक्ने बनाउने ।
(२) लथालिंग अवस्थामा पुगेका संस्थाको संरचनाहरुलाइ पुनः जीवित बनाउने। सक्रिय रहेका ३ LCC हरु अस्तित्वहिन अवस्थामा पुगेका छन्। ति सबै LCC हरुलाई सक्रिय बनाउनुको साथै आवश्यकता अनुसार अन्य राज्यहरुमा पनि गठन गर्ने मेरो योजना रहेको छ।

(३) संघ संगठनलाई सूचारु रुपमा अघि बढाउँनका लागि संगठनको आर्थिक पाटो पनि बलियो हुँन जरुरी छ। नयाँ बन्ने कार्यसमिति (विजयी पदाधिकारी ज्यूहरु) लगाएत अष्ट्रीयावासी अग्रज अभियन्ता ज्यूहरुको सरसल्लाह , सहयोग र सहमतिमा नै एउटा कोषको स्थापना गर्ने स्थानीय स्तरमा भैपरी आउँदा तत्कालै समस्या समाधान गर्नलाई परिचालन गर्ने ।

(४) कागजको पर्खाइमा रहेका नेपालीहरुलाई विशेष प्राथमिकतामा राखेर अन्तरक्रिया कार्यक्रम आयोजना गरि सुचित गराउने र कागजी प्रक्रियाको दौरानमा सहयोगको लागि एउटा छुट्टै टीम तयार गर्ने र NCC को निगरानीमा रहने गरि जिम्मेवारी प्रदान गर्ने ।

(५) गैर आवासीय नेपाली संघको विधि र विधानले तोके वमोजिम पदीय मर्यादामा रही पदाधिकारी ज्यूहरुले विधानले दिएको आफ्नो अधिकार निर्बाध प्रयोग गर्न पाउने वातावरण हुने प्रतिवद्दता गर्दछु। पदीय मर्यादा क्रमको ध्यान दिदै तीन उपाध्यक्षहरु , २ सचिवहरुको जिम्मेवारी छुट्टयाईने त्यसमा स्थानीय स्तरको जिम्मेवारी र केन्द्रिय स्तरको जिम्मेवारीबारे सुरुवाती दिनमा नै प्रष्ट गराई काम गर्न सहज हुने वातावरणको सिर्जना गर्ने।

(६) अष्ट्रीयाको नेपाली समुदायको आर्थिक निर्भरता बलियो बनाउँनका लागि संस्थागत पहलको संगै अन्तर्राष्ट्रिय समन्वय परिषदमा आबद्द अग्रज अभियन्ताज्यूहरु संग सहकार्य गर्न सक्रिय भूमिका निभाउँने।

यहाँहरुको शुभकामना ,सल्लाह सुझाव र सहयोगको लागि ह्रदय देखि धन्यवाद साथै हार्दिक आभार व्यक्त गर्दछु।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here