‘एनोनिमस’ द्वारा चेचेन्याको सरकारी वेबसाइट ह्याक
१५ फागुन, काठमाडौं । ह्याकर्सको एउटा ग्रुप ‘एनोनिमस’ ले चेचेन्याको सरकारी वेबसाइट ह्याक गरेको छ ।हाल वेबसाइट खुल्न सकेको छैन र 404 Host Not Found एरर पेज देखिएको छ ।
यो ह्याकिङ यस्तो समयमा भएको हो जब केही घण्टा अघि मात्रै चेचेन्याका नेता रमजान कादिरोवले युक्रेनविरुद्ध रुसको समर्थनमा चेचेन लडाकु तैनाथ गरिएको छ ।
कादिरोवले एक अनलाइन भिडियोमा चेचेन लडाकूले एक युक्रेनी सैन्य अड्डामाथि निकै सहजै कब्जा गरेको बताए ।
एनोनिमसले शुक्रबार रुसविरुद्ध साइबर वारको घोषणा गरेको थियो । त्यसपछि रुसको थुप्रै सरकारी वेबसाइटमा साइबर अट्याक भएको थियो ।
रुसको रक्षा मन्त्रालयको वेबसाइट पनि केही घण्टाका लागि बन्द भएको थियो । किएभ इन्डिपेन्डेन्टको शनिबारको रिपोर्ट अनुसार रुसका ६ सरकारी वेबसाइट डाउन भएको थियो ।
केही सरकारी च्यानल पनि ह्याक भएको रिपोर्ट थिए । रुसको सरकारी मिडिया आउटलेट रसियन टुडेले शुक्रबारदेखि आफ्नो वेबसाइट अट्याक भएपछि स्लो चलिरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्