एनएलजी इन्स्योरेन्सको बुक भोलि क्लोज हुने

बुधबार, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको भोलि बुक क्लोज हुने भएको छ ।

कम्पनीको १५ औं वार्षिक साधारण सभा प्रयोजनार्थ भोलि बुक क्लोज हुने भएको हो ।

frontline

यसर्थ २०७६/७७ को नाफाबाट वितरण हुने यस कम्पनीको लाभांश हात पार्नका लागि आज बुधबारसम्म सेयरधनी हुनुपर्ने छ ।

आजसम्म सेयरधनी भएकाले कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट दिने भनेको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश हात पार्नेछन् ।

लाभांश लगायतका प्रस्ताव पारित गर्न कम्पनीले साउन २१ गते, बिहीबार रजिष्टार्ड कार्यालय, पानी पोखरीमा १५ औँ वार्षिक साधारण सभा बोलाएको राखेको छ । आजसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here