एनआरटीमा दीपेश घले अनुबन्धित

शुक्रबार, काठमाडौं । न्यूरोड टिम एनआरटीले नयाँ सिजनका लागि फुटबलर दीपेश घलेलाई अनुबन्ध गरेको छ ।

आगामी कात्तिक २९ गतेदेखि हुने शहीद स्मारक ए डिभिजन लिगलाई मध्यनजर गर्दै एनआरटीले मिडफिल्डर दीपेशलाई क्लबमा भित्र्याएको हो ।

frontline

बिहीबार दीपेशसँग नयाँ अनुबन्ध सम्झौता गरेको एनआरटीले सम्झौता रकम भने खुलाएको छैन ।

२२ वर्षीय दीपेशले अघिल्लो वर्ष ए डिभिजन लिग थ्री स्टार क्लबबाट खेलेका थिए । दीपेशले थ्री स्टारबाट मोफसलका विभिन्न गोल्डकप र ललित मेमोरियल यू-१८ च्याम्पियनसिप समेत खेलेका थिए ।

एनआरटीले लिगका लागि दुई क्यामरुनी खेलाडी स्टेफेन समिर र मेसुके ओलोमोउलाई अनुबन्ध गरिसकेको छ । 

त्यसपछि रञ्जन विष्टलाई पनि अनुबन्ध गरिसकेको छ ।

अघिल्लो लिग एनआरटीबाटै खेलेका एरिक विष्टसँग पनि नयाँ सिजनको लागि अनुबन्ध भइसकेको क्लबले जनाइसकेको छ ।

एनआरटीले मुख्य प्रशिक्षकमा राजुकाजी शाक्यलाई नै निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here