एनआरएन युके चुनाव : को बन्ला उम्मेदवार ?

श्रोत : ईन्टरनेट

लण्डन । करिब ११ हजार ६०० नयाँ सदस्यता बनाएको  एनआरएन युके चुनाव नजिकै पुगेको देखिन्छ । जुलाई महिनाको १ तारिखमा हुने निर्वाचन गराउन पुर्व अध्यक्ष महेन्द्र कँडेल प्रमुख आयुक्तको पदमा सर्वसम्बत रूपमा अचानक देखापरे । अघिल्लो पटकको चुनावमा भएको चरम विवादमा पूर्व अध्यक्ष डम्बर घले नराम्रोसँग मुछिएका थिए । घलेलाई धाधँलीपूर्वक चुनाव गराउने चुनाव प्रमूख भनी ठूलो आरोप सहन परेको थियो । घले कडा स्वभावका रूपमा चिनिने गर्दछन् ।

त्यसैगरी अमेरिकाको हालै सम्पन्न निर्वाचनमा अध्यक्ष पदका एक उम्मेदवारको उम्मेदवारी नै खारेज गरिएको थियो। कारण  उम्मेदवारले आफनै संस्थाविरुद्ध अदालतमा मुद्धा दायर गरेका थिए । जुन संस्थाविरुद्ध अदालतमा मुद्धा लडिरहेका छन्, त्यही संस्थाको अध्यक्ष बन्न खोज्ने उनको विरोधाभाषपुर्ण चाहना निर्वाचन समितिले पुरा हुन दिएन ।

frontline

अमेरिकाको जस्तै अवस्था अहिले बेलायतमा देखिएको छ । निवर्तमान कार्यसमितिको पालाको आर्थिक हिसाबकिताब पारदर्शी भएन भन्दै संस्थाविरुद्ध बेलायतको अदालतमा मुद्धा दायर गर्नेमध्येका एक प्रेम गाहा मगरले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन् । गाहा मगरले अदालत पुगेर आर्थिक पारदर्शीताको प्रश्नमा ठडाएको औंला स्वयम आफैतिर पनि सोझिएको छ । गत कार्यकालमा उनी आफै संस्थाको उपाध्यक्ष थिए । आफु समेतको संलग्नता रहेको कार्यसमितिमाथि प्रश्न उठाउँदै अहिले उनले वर्तमान कार्यसमितिकी अध्यक्ष पुनम गुरुंगलाई मुद्धा लगाएका छन् ।

अमेरिकामा संस्थामाथि मुद्धा हाल्नेको उम्मेदवारी बदर भएपछि बाँकी देशहरूमा  यो नजीर बनेर घूमिरहेको छ । अमेरिकाको प्रभाव र नजिरको कारण बेलायतमा गाहा मगरको उम्मेदवारी पनि बदर हूनसक्ने भन्ने धेरैको अनुमान सूरूभएको छ । कँडेलले कमान्ड समहालेको निर्वाचन समितीले गाहा मगरको उम्मेदवारी खारेज गर्दैन भन्ने पूर्ण भरोसामा एकथरी देखिन्छन् । किनकी गाहा मगरको चूनावी क्याम्पियनका महारथी  उपाध्यक्ष नारायण कँडेल निर्वाचन आयुक्त कँडेलका नजिकैका नातेदार हुन् भनिएको छ । दुई कँडेल बन्धुबीचको निकट र घनिष्ठ सम्बन्धका कारण पनि गाहाको उम्मेदवारी खारेज नहुने शंका र अनुमान गरिएको छ ।

एनआरएन युकेको कार्यसमितीमा हरेक विषयमा फरक मत र नोट अफ डिसेन लेख्दै आएका गाहा मगर र नारायण कँडेल निर्वाचन आयुक्तमा महेन्द्र कँडेलको प्रस्ताव आउँदा अत्यन्तै खुसी देखिएका थिए ।

प्रेम गाहाको उम्मेदवारीलाई अदालतको मुद्धासँग जोडेर  अर्को  पक्षले  गाहाको उम्मेदवारी बदर नगराउन आयुक्त कँडेलमाथि आएको प्रसस्त दबाब थेग्न  आयुक्त कँडेललाई हम्मे हम्मे परेको स्रोतले खुलासा गरेको छ । तर अमेरिकाको निर्वाचन समितिले जस्तै गरी  फैसला सुनाउन बेलायतको निर्वाचन समितिले सक्ला त भन्ने अडकल बाजीहरू सूरू हुन थालेका छन् ।

एनआरएन विधानका जानकार आइसिसिका एक हस्तीका अनुसार अहिलेकै अवस्थामा प्रेम गाहाको उम्मेदवारी कायम रहन मिल्दैन । संस्थालाई अदालत पुराउने व्यक्ति नैतिकताको हिसाबले पनि नेतृत्वमा आउन योग्य नरहने उनको भनार्इ छ । यदी  बेलायतको निर्वाचन समितिले गाहाको संरक्षण गरेपनि भोलि आइसिसिले फरक निर्णय लिएर उनको उम्मेदवारी खारेज गराउन सक्ने बलियो  सम्भावना पनि उनीले औल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here