एनआरएनएले २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराउने

 गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल  करिब २ करोड रुपैयाँ  बराबरको स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गैरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीहरुका लागि १ सय वटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको हो ।

frontline

बैठकमा गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्‍जीव सापकोटाले नेपालमा कोभिड-१९ विरुद्ध लड्नको लागि तत्काल अक्सिजन सिलिन्डर लगायतको समस्या रहेको बताउँदै अल्पकालीन तथा दीर्घकालीन योजनासहित अघि बढ्नु पर्ने सुझाव दिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कुमार पन्तले सरकारको तर्फबाट स्वास्थ्य उपचारमा पहल हुँदाहुँदै पनि कोरोना भाइरस तीव्र रुपमा बढी रहँदा बिरामीहरुले अस्पतालमा बेड समेत नपाउने अवस्था रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here