एडीबीले खोप किन्न २० अर्ब ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई कोरोना खोप खरीद गर्न १६ करोड ५० लाख डलर (करिब २० अर्ब रुपैयाँ) ऋण दिने भएको छ ।

यो ऋणले नेपालको कोरोना खोप अभियान संचालन र आपूर्ति प्रणालीमा सहयोग पुग्ने एडीबीले बिहीबार विज्ञप्ती जारी गर्दै बताएको छ ।

frontline

यसबाट अनुमानित १ करोड ५९ लाख डोज कोरोना खोप किन्न सकिने एडीबीले जनाएको छ ।

एडीबीका अध्यक्ष मासात्सुवु आसाकावाले एडीबीको यो सहयोगले निकै आवश्यक परेको कोरोना खोप किन्दै आफेना नागरिकको सुरक्षा गर्न र संक्रमण नियन्त्रण गर्न सहयोग पुग्ने उल्लेख गरेका छन् ।

छिट्टै खोप किन्दै अवस्था सामान्य बनाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

यसअघि एडबीले एसिया प्यासेफिक क्षेत्रमा खोप खरिद गर्न ९ अर्ब डलर दिने निर्णय गरेको थियो ।

यो सन् २०२० डिसेम्बरको निर्णय हो । सोही अन्तर्गत नेपालले समेत यो सहयोग पाएको हो ।

एबडीले यस कार्यक्रमा अन्य सरोकारवाला निकायसँग समेत सहकार्य गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here