एचआइभी संक्रमण देखिएकालाई पनि बेलायती सेनामा भर्ना हुन अनुमति

१६ मंसिर, लण्डन । संयुक्त अधिराज्य बेलायतले एचआईभी संक्रमण देखिएकालाई पनि आफ्नो सशस्त्र सैन्य बलमा भर्ना हुन अनुमति दिने भएको छ।

एकपटक एचआइभी संक्रमण देखिएका र लामो समयसम्म शरीरमा सो भाइरस नरहेका संक्रमितलाई सैन्य बलमा भर्ना हुन अनुमति दिने भएको हो।

frontline

बेलायतको रक्षा मन्त्रालयले बुधबार सो घोषणा गरेको हो। एकपटक एचआइभी संक्रमण भएका र सो संक्रमणबाट निको भएकाहरुलाई सन् २०२२ को सुरुवातदेखि नै बेलायती सेनामा भर्ना हुन अनुमति दिइने मन्त्रालयले बताएको छ।

बेलायती सशस्त्र बलमा भएका एचआइभी संक्रमितलाई यसअघि मन्त्रालयले पूर्णरुपमा योग्यको सूचीमा नराख्ने बताएको थियो।

औषधि उपचारले क्रान्ति मच्चाइरहेको यस दुनियामा एचआइभी संक्रमितको पनि उपचार सम्भव भएकाले अब हामीले एकपटक संक्रमण देखिएका योग्य व्यक्तिहरुलाई सशस्त्र सैन्य बलमा भर्ना अनुमति दिने निर्णय गरेका हौ,’ सहायक रक्षामन्त्री लियो डोचेत्रीले भनेका छन्।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here