एक हप्तामा ४६,५८१ संक्रमित, १९ जनाको मृत्यु

५ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हप्ताको अवधिमा ४६ हजार ५ सय ८१ संक्रमित थपिएका छन् ।

बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै ११ हजार ३ सय ५२ संक्रमित थपिएका हुन्।

frontline

स्वास्थ्य मन्त्रालयका अनुसार गत बिहीबार ३५ सय ५३, शुक्रबार ५ हजार ८७, शनिबार ४६ सय ३६, आइतबार ४९ सय ६१, सोमबार ६७ सय ३४, मंगलबार १० हजार २५८ संक्रमित थपिएका थिए।

सोहि अवधिमा एक लाख २९ हजार ३० जनाको कोरोना परीक्षण गरिएको छ । गत बिहीबारदेखि आज बुधबारसम्म १९ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा थप ६१३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप चारजना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको  छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार कूल संक्रमितमध्ये ६ हजार २६३ संक्रमित काठमाडौं उपत्यकामा हुन्। 

तीमध्ये सबैभन्दा धेरै काठमाडौंका ४६६६, ललितपुरका १०१९ र भक्तपुरका  ६७८ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here