एक सिंगे गैंडाको आक्रमणबाट दुई वृद्धा घाइते

फाइल तस्बिर

५ माघ, चितवन । चितवनमा एक सिंगे गैंडाको आक्रमणबाट दुई जना वृद्धा घाइते भएका छन्।

भरतपुर-२२ पटिहानीमा आफ्नै घर अगाडि घाम तापिरहेका दुई वृद्धालाई गैंडाले आक्रमण गरेको हो।

frontline

बुधबार दिउँसो साढे ३ बजे ७० वर्षीया बुदना महतो र ८० वर्षीया धोधारी महतोलाई गैंडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए। 

उनीहरू दुबै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here