एक वृद्धको बाघको आक्रमणबाट मृत्यु

बाँके । बर्दियाको मधुवन नगरपालिका–३ भगरैयामा एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको शव स्थानीय सम्झना सामुदायिक वनमा भेटिएको छ ।

frontline

घाँसपात र दाउरा गर्न सामुदायिक वनभित्र गएका खत्रीमाथि बाघले आक्रमण गरेको थियो ।

खत्रीको शव आज दिउँसो ११ बजे फेला परेको भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन थापा मगरले बताउनुभयो ।

योसँगै चालू आर्थिक वर्षमा बर्दियामा बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको बताइएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

poster-here