एक लाख २० हजार मूल्य बराबरको १० बोरा पटका नष्ट

३१ असोज, काठमाडौं । बर्दिया प्रहरीले अवैध पटका नियन्त्रणमा लिएर नष्ट गरेको छ । 

सोमबार एक लाख २० हजार मूल्य बराबराको १० बोरा पटका ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट खटेको प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो । 

frontline

बर्दियाको राजापुर नगरपालिका–४ विशाल बजारस्थित मनोज गुप्ताको घरमा कोठा भाडामा लिएर बस्ने राजा भन्ने मेराजुदिन अन्सारीले भारतबाट पटका ल्याएर भण्डारण गरेर राखेको अवस्थामा प्रहरीले पटका बरामद गरेको जनाएको छ ।

उक्त पटका ईलाका प्रशासन कार्यालय राजापुर बर्दियाका कार्यालय प्रमुख सुनिल दत्त, राजापुर नगरपालिका–४ का वडा अध्यक्ष बिदुर पोख्रेल, राजापुर भन्सार कार्यालयका प्रतिनिधि पत्रकार तथा स्थानीयको रोहबरमा नष्ट गरिएको बर्दिया प्रहरीले जनाएको छ 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here