एकैदिन नौँवटा कार्यक्रम उद्घाटन दिक्तेल नगरपालिका

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा नौँ वटा कार्यक्रम एकैसाथ उद्घाटन गरिएको छ । वडा कार्यालय, स्वास्थ्य चौकी, चम्पावती मावि र महिला समूहको भवन तथा कम्युटर ल्याब, सरस्वती मन्दिर, विद्यार्थीका लागि नियमित वितरन गरिने दिवा खाजा तथा टिफिन क्यारी र छात्राका लागि स्यानिटरी प्याडसहित नौँ कार्यक्रम उद्घाटन गरिएको हो ।

विजयखर्कस्थित वडा कार्यालयको ग्राङ्गणमा सोमबार आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्त रुपमा पानसमा बत्ती बालेर नौँवटा कार्यक्रम उद्घाटन गर्नुभएको थियो । नगरपालिकाको रु ७० लाखको लागतमा सञ्जिव निर्माण सेवा प्रा.लि.ले वडा कार्यालय भवन निर्माणको काम सम्पन्न गरेर निर्माण कम्पनीका प्रतिनिधि लालबहादुर विश्वकर्माले वडाध्यक्ष वीरेन्द्रप्रसाद ढकाललाई उक्त भवनको चाँबी हस्तानतरण गर्नुभएको छ ।

frontline

नगरपालिकाको रु एक करोड ७० लाख लागतमा पुस्पान्जली कन्ट्रक्सन प्रा.लि. काठमाडौँले निर्माण गरेको स्वास्थ्य चौकी भवनको चाँबी पनि सम्बन्धित व्यक्तिलाई हस्तानतरण गरिएको छ । यता, राष्ट्रिय पुनः निर्माण प्राधिकरणको रु ७२ लाख र नगरपालिकाको रु २८ लाखको निर्माण गरिएको चम्पावती माविमा निर्माण गरिएको भवनको चाँबी पनि सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ

नव निर्मित विद्यालय भवनभित्र स्थापना गरिएको कम्प्युटर ल्याब र साइन्स ल्याबको स्थापना गरिएको छ भने, विद्यालयको प्राङ्गणमा सरस्वती मन्दिरको स्थापना गरिएको छ । महिला सामुदायिक भवन निर्माणका लागि विभिन्न निकायबाट विभिन्न समयमागरी रु पाँच लाख र प्राप्त भएको वडा सदस्य मनिषा खनालले बताउनुभयो ।

संयुक्त रुपमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा भवन निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने सातजना जग्गादातालाई सम्मानसमेत गरिएको छ । वडा कार्यालय तथा स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनुहुने सबै जग्गादातालाई नगरप्रमुख रिजाल र राईले ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
वडा कार्यालय भवन निर्माणका लागि वडाध्यक्ष ढकालले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । यस्तै, स्वास्थ्य चौकी भवन निर्माणका लागि चन्द्रकुमारी पोखरेलले पनि पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको वडा कार्यालयले जनाएको छ ।

नगरपालिकाले विजयखर्कमा एकैसाथ आयोजना गरेको नौँवटा कार्यक्रमको उद्घाटनमा स्थानीय बासिन्दाको समेत उल्लेख्य उपस्थिति रहेको थियो । जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायत सहभागी कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुतिसमेत रहेको थियो

भौतिक पूर्वााधार निर्माणमा सबैभन्दा अगाडि देखिएको उक्त वडामा सम्पूर्ण सुविधासहितका नयाँ भवनहरु निर्माण सम्पन्न गरेर सञ्चालनमा आएपछि स्थानीय सरकारको अनुभुति भएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

पन्ध्र वडा रहेको यो नगरपालिकामा यस वर्ष भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइएको छ । जिल्लाको दश स्थानीय तहमध्ये सबैभन्दा ठूलो यो नगरपालिकामा यस वर्ष पन्ध्रमध्ये एघारवटा वडामा एउटै किसिमको भवन निर्माण भइरहेको छ 

उटा वडाका लागि रु ७० लाखका दरले बजेट विनियोजन गरिएको एउटै किसिमको सबै वडा कार्यालय भवन यहि चैत मसान्तभित्र सम्पन्न हुने नगरप्रमुख रिजालले बताउनुभएको छ । नगरपालिकामा निर्माणााधीन वडा कार्यालय भवनहरु निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here