एकिकृत समाजवादी भरतपुर ९ को अध्यक्षमा मोतिलाल गैर चयन

१३ कार्तिक, भरतपुर : नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी भरतपुर महानगर वार्ड न ९ को अध्यक्षमा मोतिलाल गैर चयन भएका छन् । २१ सदस्यीय महानगर कमिटीले गैरको अध्यक्षतामा सर्बसम्मत नयाँ कमिटी चयन गरेको प्रचार विभागका प्रमुख विष्णुराज महतोले जानकारी दिए ।
राम कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्याक्रममा प्रमुख अतिथि पोलिटब्यूरो सदस्य एंव बागमती प्रदेशका आन्तरिक मामिला एंव कानुनमन्त्री कृष्ण प्रसाद खनाल रहेका थिए ।




त्यस्तै विशेष अथितिमा पोलिटब्यूरो सदस्य एंव जिल्ला अध्यक्ष डा कृष्ण पन्त , अतिथिमा केन्द्रिय सदस्य एंव महानगर इन्चार्ज सूर्य शर्मा, कृष्णराज न्यौपाने, कुल प्रसाद लामिछाने विष्णुराज महतो रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्