एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपालले भुटानमा हुने एएफसी यू-२० महिला एसियन कप छनोटका लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ।
  • प्रतियोगिता आगामी अगस्ट ६ देखि ११ सम्म भुटानमा हुनेछ र नेपाल समूह ‘ए’ मा डीपीआर कोरिया, भुटान र साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ।
  • साफ यू-२० च्याम्पियनसिप टोलीबाट झुमा विकको स्थानमा सजिना स्याङ्गतान समावेश गरिएको छ र मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले टोली घोषणा गरेका छन्।

frontline

११ साउन, काठमाडौं । भुटानमा हुने एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ।

आउँदो अगस्ट ६ देखि ११ सम्म भुटानमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले नेपाली टोलीको घोषणा गरेका हुन् ।

प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा डीपीआर कोरिया, भुटान र साउदी अरेबिया पनि छन् ।

साफ यू-२० च्याम्पियनसिप खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ । झुमा विकको स्थानमा सजिना स्याङ्गतान टोलीमा समावेश छन् ।

नेपालको अन्तिम टोली

गोलकिपर : लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ

डिफेन्डर : सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया

मिडफिल्डर : कविता गुरुङ, सुसिला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी (कप्तान), सेनु परियार

फर्वार्ड : कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्ष्या मगर

यू-२० महिला एसियन कप छनोट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here