उपमेयरले बनाए आफू चढ्ने गाडीलाई एम्बुलेन्स

रामेछाप । रामेछाप जिल्लामा कोरोना संक्रमित दैनिक बढ्दै गएपछि रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले आफु चढ्ने गाडीलाई कोरोना संक्रमित बोक्ने एम्बुलेन्सको रुपमा व्यवस्थापन गर्नुभएको छ ।

नगरपालिका भित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव नहोस भनेर आफुले चढ्ने गाडीलाई एम्बुलेन्स बनाइएको उहाँले बताउनुभयो ।

frontline

’नगरवासीहरुलाई उपचारका लागि अस्पताल पुग्न सहजहोस,यस्तो बेलामा हामी गाडी चढेर के गर्ने ? त्यसैले म चढने गाडीलाई एम्वुलेन्स बनायौं ’ उपप्रमुख खड्काले भन्नुभयो । उहाँले चढ्ने बा २ झ ४४६३ नम्बरको गाडी नगरपालिकाका नागरीकहरुको उपचारका लागि प्रयोग हुनेछ ।

गाडीमा सिट र आवश्यकता अनुसार अक्सिजन सिलिण्डर व्यवस्थापन गरिने छ । रामेछाप नगरपालिकाका प्रमुख नर ब. थापा मगरले आवश्यक परे आफुले चढ्ने गाडीलाई पनि एम्बुलेन्स बनाईने बताउनुभयो ।

नगरपालिकाले दुई वटा एम्बुलेन्स किन्ने तयारी भईरहेका बेला कोविड माहामारी आएर सो काम रोकिएको र जसका कारण आफु र उपप्रमुखले चढ्ने गाडी एम्बुलेन्स बनाउने निर्णय भए अनुसार दुई वटा गाडीलाई एम्बुलेन्स बनाईने नगर प्रमुख थापा मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

poster-here