उपप्रधानमन्त्री पोखरेलले उज्वल थापाको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्थाबारे उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी लिएका छन्।

थापाको उपचारमा संलग्न रहेका मेडिसिटी अस्पतालका डाक्टरसँग आइतबार उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

frontline

थापालाई कोरोना र निमोनिया देखिएको छ। सुरूमा ग्राण्डी अस्पताल र पछि मेडिसिटी अस्पतालमा उनको उपचार गरिएको छ।

उपप्रधानमन्त्री पोखरेलले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरेर सरकारका तर्फबाट सहयोग गर्नुपरे जानकारी गराउन भनेका थिए।

‘सरकारका तर्फबाट केही सहयोग गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौं,’ उपप्रधानमन्त्री पोखरेलले भनेका थिए।

थापाको उपचार गर्न आर्थिक सहयोग जुटाउन विवेकशील नेपाली दलको पहलमा आर्थिक सहयोग अभियान चलाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

poster-here