उपत्यकामा मंगलबारदेखि निजी सवारीमा जोर बिजोर प्रणाली लागु

काठमाण्डु । काठमाण्डु उपत्यकामा मंगलबारदेखि निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु हुने भएको छ ।

कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि काठमाण्डु, भक्तपुर र ललितपुरका सीडीओेले मंगलबारबाट निजी सवारीमा जोर बिजोर प्रणाली लागू गर्ने तयारी गरेका हुन् ।

frontline

उपत्यकाभित्र मंगलबारबाट निजी दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीमा जोर विजोर नियम लागू गर्नेबारे छलफल भएरहेको जिल्ला प्रशासन कार्यलय काठमाण्डुका प्रमुख कालिप्रसाद पाण्डेले जानकारी दिए ।

पछिल्लो समय उपत्यकासहित देशभर कोरोना संक्रमणदर घट्दै गइरहेको छ ।

उनले जारी निषेधाज्ञालाई निरन्तरता दिँदै केही क्षेत्रमा खुकुलो बनाइने बताए ।

‘कुन–कुन क्षेत्रमा खुकुलो बनाउने भन्नेबारे छलफल भइरहेको छ ।

निजी सवारी–साधनको हकमा भने जोर–बिजोर प्रणली लागु गरिनेछ ।

यस विषयमा छलफल भइसकेको छ,’ उनले  भने ।

गएको बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निषेधाज्ञाको मोडालिटी परिवर्तन गरी ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो ।

तर यसबारेमा भने उनले आफुलाई केही थाहा नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here