उपत्यकामा जारी निषेधाज्ञामा थप कडाइ

बुधबार, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा थप कडाइ हुने भएको छ ।

बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

frontline

कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताउनुभयो । तर अत्यावश्यक सवारीसाधनका लागि भने चल्न दिने उहाँले जानकारी लिदनुभयो ।

निषेधाज्ञा अवधिभर सबै प्रकारकार सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार नाचघर, क्लब लगायत धेरै मानिस भिडभाड हुने क्षेत्र खोल्न पाइने छैन ।

विज्ञप्तिमा खुला स्थानमा मानिसहरु भेला भई भिडभाड गर्न, जुलुस, जात्रा महोत्सव भोज भतेर लगायतका क्रियाकलाप गर्न नपाइने । पुजारीबाट हुने नृत्य पूजा बाहेकका अन्या धार्मिक तथा साँस्कृतिक गतिविधीहरु सञ्चालन गर्न नपाउने उल्लेख गरिएको छ ।

शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाउने  बताइएको छ।

औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा संचालन गर्न पाइने छ भने औषधी पसल बाहेक अन्य व्यवसायहरु साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने, यात्रु र सवारी चालक, सहचालकले अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्नुपर्ने उल्लेख गरिएको छ।

उपत्यका भित्र सञ्चालन हुने निजी सवारी साधनको हकमा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सञ्चालन गर्न पाइने जनाइएको छ । अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिइने छ।

बढीमा २५ जना परीक्षार्थी राख्नेगरी परीक्षा सञ्चालन गर्न पाउने निर्णय भएको छ । तर सरकारले तोकेको मापदण्ड बमोजिमको भौतिक दूरी कायम हुने व्यवस्था मिलाउनुपर्ने छ।

पढ्नुहोस् सूचीसहितको विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here