उपत्यकाको फोहोर व्यवस्थापनमा पुन: समस्या

२ फागुन, काठमाडौं । स्थानीय बासिन्दाको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि रोकिएको छ ।

मुड्खु–तीनपिप्लेको बाटो निर्माण नगरिदिएका कारण स्थानीय बासिन्दाले फोहोर व्यवस्थापनमा अवरोध पु¥याएका हुन् ।

frontline

स्थानीयले बाटोमा नाराबाजी गरेका थिए । स्थानीय वडा अध्यक्ष मनोहरि तिवारीले बाटो नबनेसम्म फोहोर विसर्जन गर्न नदिइने बताउनुभयो ।

आइतबार बिहान करिब ५ बजे फोहोर बोकेको सवारीसाधन सिसडोल पुगेको थियो । दोस्रोपटक फोहोर लैजान खोज्दा स्थानीयले अवरोध गरेका थिए ।

सिसडोल ल्यान्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले पासाङल्हामु राजमार्गअन्तर्गत मुड्खु–तीनपिप्ले खण्डमा स्थानीय बासिन्दाले अवरोध गरेकाले दर्जनौं सवारीसाधन बाटैमा रोकिएपछि सिसडोल पु¥याउन नसकी बीच बाटोबाटै फर्किएको बताउनुभयो ।

फोहोर व्यवस्थापनको अवरोध हटाउन छलफल भइरहेको जानकारी दिँदै कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले भन्नुभयो– ‘ठेकेदार र स्थानीयबीच वार्ता गरी समास्या समाधान गर्ने विषयमा छलफल गरिरहेको छ ।

पटकपटक अवरोध हुँदा राजधानीलगायत उपत्यकाको फोहोर व्यवस्थापन कार्यमा समस्या आउने गरेको छ । यसको दीर्घकालीन समाधान नगरे थप समस्या आउन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here