उपचारको लागि आएका सुनिल अस्पतालबाटै हाम्फाले

१९ पुस, काठमाडौं । कीर्तिपुर अस्पतालको तेस्रो तलाबाट हामफाल्दा बझाङका सुनिल रोकाय घाइते भएका छन्। कीर्तिपुर प्रहरी वृतका अनुसार उपचारको लागि सोमबारर राती उनी कीर्तिपुर अस्पताल पुगेका थिए । 

आफन्तसँग अस्पताल पुगेका सुनिललाई एक्कासी मुटुको धडकन बढ्ने समस्या देखियको थियो। राति साढे 10 बजे इमर्जेन्सी उपचारमा पुगेका उनी अस्पतालमै तेस्रो तलामा पुगेर हाम्फालेका हुन्।

frontline

बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भएका कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा डेरा गरी बस्ने २२ वर्षीय सुनिल रोकाया विध्यार्थी हुन्। उनी दाइसँग बस्दै आएका थिए। उनको टाउको हात र शरीरका अन्य भागमा चोट लागेको छ । हाम्फाल्नासाथ उनलाई अस्पतालले उद्दार गरेको थियो।

अहिले उनको सोही अस्पतालमा उपचार भइरहेको छ। उनी किन हामफालेका हुन् भन्ने कारण खुलेको छैन। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here