उद्योगमन्त्रीले भेटे महावीर पुनलाई

श्रोत : ईन्टरनेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग भेट गरेका छन् । कोरोना भाइरसको महामारीका कारण मुलुकभर अक्सिजनको चरम अभाव भइरहेको बेलामा अहिलेको संकटलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? भन्नेबारेमा सुझाव लिन मन्त्री आविस्कार केन्द्रमा आएको पुनले जानकारी दिए ।

शनिबार दिउँसो मन्त्रालयका अधिकारी र नेपाल आयल निगमका अधिकारीहरुलाई समेत साथमा लिएर आएका मन्त्री भट्टलाई पुनले पर्याप्त मात्रामा अक्सिजन कन्सन्टेटर खरिद गर्न सुझाव दिएको जानकारी दिए । शनिबारको बैठकमा कुनै निचोड ननिस्किएको भन्दै थप छलफल गरेर अहिलेको संकट व्यवस्थापनको समाधान खोज्ने विषयमा छलफल भएको पुनले जानकारी दिए ।

frontline

‘शनिबार यस विषयमा सामान्य छलफल भयो, उहाँले अहिलेको संकटमा अक्सिजनको माग कसरी पूरा गर्न सकिन्छ ? भनेर सोध्नुभयो, मैले पनि पर्याप्त मात्रामा अक्सिजन कन्सन्टेटर खरिद गर्न सुझाव दिएँ ।’ पुनले भने ‘आइतबार मन्त्रालयमा नै यसबारेमा छलफल गर्ने कार्यतालिका तय भएको छ ।’

पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविस्कार केन्द्रले विभिन्न दाताहरुले दिएको अक्सिजन सिलिण्डरलाई मर्मत गरेर विभिन्न अस्पताललाई सहयोग गर्दै आएको छ । गत बिहीबार मात्रै केन्द्रले ट्रमा सेन्टरलाई १० वटा अक्सिजन सिलिण्डर सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here