उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालनको माग राख्दै आपूर्तिमन्त्रीलाई ध्यानाकर्षणपत्र

२१ कात्तिक, काठमाडौं । उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालनको माग राख्दै उद्योगमा आबद्ध मजदुरहरुको चार वटा संगठनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएका छन् ।

उद्योग सुधारका लागि महाप्रबन्धकको भूमिका प्रभावकारी नभएको भन्दै उद्योगमा क्रियाशिल चार मजदुर संघठनले सोमबार उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूलाई संयुक्त रुपमा ध्यानाकर्षणपत्र पठाएका हुन् ।

frontline

समग्र ट्रेड युनियान, नेपाल कारखाना श्रमिक संघ, अखिल नेपाल औद्योगिक मजदुर संघ र औद्योगिक मजदुर संगठनले मन्त्री बडूलाई पठाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘उद्योग पटक-पटक बन्द हुँदै खुल्दै गरेको, क्लिंकर उत्पादन बन्द भएको र अवकाशमा गएका कर्मचारीले समेत सेवा सुविधा नपाएको अवस्था छ ।

उद्योगमा महाप्रबन्धकको उपस्थिति न्यून देखिएको, उद्योगका उच्च व्यवस्थापन अनुदार हुँदा उद्योग नै कमजोर हुँदै गएको छ ।’

यो उद्योगले २९ वर्षदेखि सिमेन्ट र क्लिंकर उत्पादन गर्दै आइरहेको छ । तर, उद्योग सञ्चालनको प्रमुख कच्चा पदार्थ कोइला अभाव हुँदा दशैं यता क्लिंकर उत्पादन पूर्णरुपमा बन्द रहेको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

हाल बन्द अवस्थामा रहेको उद्योग सञ्चालनका लागि  आवश्यक पहल गरिदिन उनीहरुले मन्त्री बडूसमक्ष आग्रह गरेका छन् ।

विज्ञप्तिः

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here