उदयपुर क्षेत्र नम्बर १ मा मतगणना अवरुद्ध

फाइल तस्बिर

११ मंसिर, काठमाडौं । उदयपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना रोकिएको छ ।

आज आइतबार पछिल्लो पटक खोलिएको १० वटा बाकसमा उदयपुर प्रदेशसभा १ काे (२) काे १ सय मतपत्र भेटिएपछि मत गणना रोकिएको हो । निर्वाचन अधिकृतको कार्यालय उदयपुरले सर्वदलीय बैठक राखेर समस्या समाधानका लागि छलफल गरिरहेको छ ।

frontline

सोही क्षेत्रमा ७६ हजार ७ सय ५६ मत खसेकोमा ६३ हजार मत गणना भइसकेको छ । पछिल्लो परिणाममा नेपाली कांग्रेसका उम्मेदवार नारायण खड्काले २७ हजार ४ सय ८४ मत प्राप्त गर्नुभएकाे छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार मञ्जुकुमारी चौधरीले २५ हजार ६ सय ५९ मत प्राप्त गरेर पछ्याईरहनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here