उदयपुरमा सडेको अवस्थामा पुरुषको शव फेला

१० फागुन, काठमाडौं । उदयपुरमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ टोड्के १४ किलो भन्ने ठाउँमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

frontline

सोमबार बिहान अन्दाजी ८ बजे सिद्धिचरण राजमार्गबाट झण्डै ३० मिटर तल भीर पाखामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय उयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

घाँस दाउराका लागि जंगल पसेका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ ।

शव फेला परे पनि अनुहारको भाग किरा र औँसा परेर नचिनिने भएपछि थप पहिचानका लागि प्रहरीले हुलीया सहित तस्वीर सार्वजनिक गरेको छ ।

जस अनुसार मृतकले निलो आकशे रङ्गको जरीकोट (स्टकोट), गुलाबी रङ्गको पूरा बाहुले सट, निलो रङ्गको भेष्ट, कालो सफ्ट जिन्स पाइन्ट लगाएका छन् ।

त्यस्तै खैरो रङ्गको गलबन्दी घाँटीमा बेरेका छन् । मोटो शरीर ५ फिट ५ ईन्च उचाई, कपाल छोटो केही फुलेको अनुहारमा बाक्लो छोटो दारी छ ।

उमेर भने अन्दाजी ५० देखि ५५ वर्ष बीच अनुमान गरिएको प्रहरीले जनाएको छ । हातको कान्छी औला केही सानो भई मासु टासिएर हत्केला तिर नुहीएकाले औँला सीधा नहुने हुलीया इलाका प्रहरी कार्यालय कटारीले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here