उत्पादकत्वमा कमजोर काठमाडौंले हडप्छ सबैभन्दा धेरै कृषि कर्जा, दुरुपयोगको आशंका
बैंक तथा वित्तीय संस्थाले दिने कृषि कर्जा खेती कम हुने काठमाडौंमा सबैभन्दा धेरै प्रवाह भएको तथ्यांक सार्वजनिक भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार बैंकहरुबाट बागमती प्रदेशको १३ जिल्लामध्ये काठमाडौंमा मात्रै कुल कृषि कर्जाको आधाभन्दा बढी दिएको पाइएको हो।
बागमतीमा प्रवाहित कुल कृषि कर्जामध्ये काठमाडौंले ५२.५३ प्रतिशत र चितवनले २१.७१ प्रतिशत हिस्सा ओगटेका छन्।
बागमतीमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये कृषि क्षेत्रको हिस्सा ३.३ प्रतिशत मात्रै छ। यद्यपि, देशभर कृषि क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये बागमती प्रदेशको हिस्सा ३६.५७ प्रतिशत छ।
आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले बागमति प्रदेशमा १ खर्ब २० अर्ब रुपैयाँ कृषि कर्जा दिएका छन्।






प्रतिक्रिया दिनुहोस्