उत्तर कोरियाले हटाउन थाल्यो प्रोपोगान्डा स्पिकर

सिओल । उत्तर कोरियाले सीमापार प्रचार प्रसारका लागि प्रयोग गरिएका केही ठूलो स्पीकरहरू हटाउन थालेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

यो कदम हालै निर्वाचित दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युंगको पहलप्रति सकारात्मक प्रतिक्रिया जस्तो देखिन्छ। राष्ट्रपति लीले चुनावी अभियानमै अन्तर-कोरियाली सम्बन्ध सुधार गर्ने प्रतिबद्धता जनाएका थिए।

frontline

दक्षिण कोरियाले यसै साताको सुरुमा आफ्ना केही ठूलो स्पीकरहरू भत्काएको थियो। राष्ट्रपति लीले जुन महिनामा पदभार सम्हालेलगत्तै, असैन्य क्षेत्र नजिकको प्रसारण बन्द गराएका थिए । जसपछि उत्तरले पनि सोही शैलीमा प्रतिक्रिया दिएको हो।

अघिल्ला दिनमा दक्षिण कोरियाले प्रसारणमार्फत के-पप गीत र समाचार पठाउने गर्थ्यो भने उत्तर कोरियाले बाघ, स्यालजस्ता जनावरको गर्जनसहितका डर लाग्दा ध्वनि बजाउँथ्यो।

शनिबार जारी विज्ञप्तिमा दक्षिण कोरियाली सेनाले भन्यो, ‘आज बिहानदेखि केही मोर्चा क्षेत्रमा उत्तर कोरियाली सैनिकहरूलाई ठूलो स्पीकरहरू हटाउँदै गरेको देखिएको छ।’ यी उपकरणहरू सम्पूर्ण क्षेत्रमा हटाइएका छन् कि छैनन् भन्ने कुरा अझै पुष्टि हुन बाँकी छ। यससम्बन्धी गतिविधि निरन्तर अनुगमन गरिनेछ।’

#उत्तर कोरिया

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here