उत्तर कोरियामा छापियो धनी र गरिब छुट्याउने क्यालेण्डर

२१ पुस, प्योङयाङ ।  उत्तर कोरियाली सरकारले समाजमा धनी र गरिब छुट्याउने क्यालेण्डर (भित्तेपात्रो) छापेको छ।

नयाँ वर्ष सन् २०२२ सुरु भएसँगै सरकारले धनी र गरिब छुट्याउने गरी भिन्दाभिन्दै क्यालेण्डर छापेको हो।

frontline

सरकारले नयाँ वर्षको लागि जारी गरेका नयाँ क्यालेण्डरमा धनी र गरिब वर्ग छुट्टिने गरी तस्बिर र सामग्री प्रयोग गरेको स्रोतले रेडियो फ्री एसियासँग बताएको छ।

सरकारले जारी गरेका नयाँ क्यालेन्डरको मुख्य गरिबहरुले किन्न नसक्ने गरी तोकिएको बताइएको छ।

‘सरकारले जारी गरेका नयाँ क्यालेण्डरको मुख्य छोइनसक्नु छ। यहाँ क्यालेन्डर किन्न सक्ने मानिस भाग्यमानी नै हो,’ स्रोतले रेडियो फ्री एसियासँग भनेको छ।

उत्तर कोरियामा विगतमा सरकारले वार्षिक उपहारस्वरुप आफ्ना प्रत्येक नागरिकलाई क्यालेण्डर बाँड्दै आएको थियो।

गत वर्ष कोभिड-१९ का कारण क्यालेण्डर वितरणमा ढिलाइ हुँदा क्यालेण्डर हरेकको पहुँचमा नभएको बताइएको छ।

यद्यपि यसवर्ष भने सरकारले धनी र गरिबको वर्ग छुट्याउने गरी क्यालेण्डर जारी गरेको भन्दै त्यहाँका नागरिक दुःखी भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here