उत्तर कोरियाद्वारा जापानतर्फ मिसाइल प्रहार
१७ कात्तिक, टोकियो । दक्षिण कोरियाको मिसाइल प्रक्षेपणपछि उत्तर कोरियाले बिहीबार जापानतर्फ मिसाइल प्रहार गरेको थियो। यसपछि जापानले आफ्ना नागरिकका लागि ‘जे चेतावनी’ जारी गरेको छ ।
यो चेतावनी धेरै दुर्लभ अवसरहरूमा मात्र जारी गरिन्छ। जापानले आफ्ना केही क्षेत्रका नागरिकहरूलाई घर वा भूमिगत बङ्करहरूमा लुक्न सल्लाह दिएको छ।
उत्तर कोरियाले यसअघि बुधबार दक्षिण कोरियातर्फ २३ वटा मिसाइल प्रहार गरेको थियो । यी मध्ये एउटा मिसाइल दक्षिण कोरियाको जलक्षेत्रबाट केही पर खसेको थियो ।
जवाफमा दक्षिण कोरियाले पनि उत्तर कोरियातर्फ लडाकु विमानमार्फत हावाबाट जमिनमा हान्ने मिसाइलहरू प्रहार गरेको थियो।
उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाबीचको हवाई अभ्यासपछि उक्त मिसाइल हानेको हो ।
उत्तर कोरियाले उक्त अभ्यास रोक्न अपिल गरेको थियो । उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेपछि दक्षिण कोरियाले अमेरिका र दक्षिण कोरियाबीचको सम्बन्ध बिगार्ने प्रयास सफल नहुने भन्दै जवाफी कारबाही गरेको हो। बीबीसी
प्रतिक्रिया दिनुहोस्