उत्तरी नाकाको सीमा अध्ययनका टोली पुग्यो सिमकोट

काठमाडौं । नेपाल–चीनबीचको सीमा अध्ययन गर्न सरकारले बनाएको अध्ययन टोली हुम्लाको सिमकोट पुगेको छ । नेपाल–चीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययनका लागि गठन गरिएको अध्ययन टोली शनिबार सिमकोट पुगेको हो।

टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने भएको छ। मौसमले साथ दिएमा १५ वटै स्तम्भको अध्ययन गरिने तर मौसमले साथ नदिएमा १३ वटा मात्रै स्तम्भको अध्ययन गरिने प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिनुभाये।

frontline

गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य नेतृत्वसहितको सात जनाको टोली हुम्ला पुगेको हो। टोलीमा सहसचिव आचार्य, नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोल र सोही विभागले तोकेको दुई विज्ञ तथा नेपाल प्रहरीका अधिकारीसहित सात जना रहेको प्रजिअ आर्चायले बताउनुभयो ।

अध्ययन टोलीले चीनसँग जोडिएका हुम्लाका सिमानाको अध्ययन गरिसकेपछि मात्रै चीनले सीमा मिचेनमिचेको निष्कर्ष निकाल्ने प्रजिअ आचार्यले जानकारी दिनुभयो।

गत वर्ष नाम्खा गाउँपालिका–६ लिमिको लोलुङजोङमा चीनले निर्माण गरेका भवन नेपाली भूमिमा भएको खबर सार्वजनिक भएपछि पहिलो पटक सरकारी टोली स्थलगत अध्ययनका लागि हुम्ला पुगेको थियो।

गत वर्ष हुम्लामा पर्ने नेपाली क्षेत्रमा चिनियाँ पक्षले सीमा मिचेर केही संरचनाहरू निर्माण गरेको भन्ने विवाद उत्पन्न भएको थियो। यही भदौ १७ गते मन्त्रिपरिषद्ले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी र त्यस आसपासका क्षेत्रमा चीनले सिमाना मिचेको विषयमा स्थलगत अध्ययन गर्न समिती गठन गरेको थियो।

टोलीले हुम्ला आइपुगेपछि जिल्लाका राजनीतिक दल, स्थानीय प्रशासक, नागरिक समाज, जनप्रतिनिधिलगायत शनिबार सीमाका सम्बन्धमा छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here