उत्कृष्ट नगरपालिका पुरस्कार- म्युनिसिपल एक्सिलेन्स अवार्ड – सूर्योदय नगरपालिकालाई

उत्कृष्ट नगरपालिका पुरस्कार- म्युनिसिपल एक्सिलेन्स अवार्ड – सूर्योदय नगरपालिकालाई प्रदान गरिएको छ । २९३ पालिकामध्ये स्थानीय आर्थिक विकास क्षेत्रमा सूर्योदय नगरपालिकाले उत्कृष्ट नगरपालिका पुरस्कार प्राप्त गरेको छ।सूर्योदय नगरपालिकाले आफ्नो सबै क्षेत्रहरूलाई परिष्कृत गर्दै चौतर्फी विकासको मार्गमा अघि बढेको छ। आर्थिक रचना र प्रणालीले मानिसको विधिपद्धति र मानव सम्वन्धमा परिवर्तन ल्याउन सक्छ। सूर्योदय नगरपालिकाले पनि आर्थिक रचना र प्रणालीलाई आफ्नो कार्यप्रवीणता ठानेको छ। आफ्नो विकासको अवधारणा भनेको छ।

परिवर्तनको अनुभूति गर्न समयको प्रतिक्षा गर्नुपर्छ तर सूर्योदयको मार्ग स्पष्ट छ। स्पष्ट चित्रहरू देखिन थालेका छन्।
सूर्योदय नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार – म्युनिसिपल एक्सिलेन्स अवार्ड -स्थानीय आर्थिक विकास क्षेत्रमा प्रदान भएको छ। नेपाल नगरपालिका सघंबाट यस क्षेत्रमा प्रथम भएको छ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन – लोकल गभर्मेन्ट ईण्ष्टीच्युस्नल क्यापासिटी सेल्फ एसेस्मेन्ट मा हालसम्मको प्रथम र पालिकाहरूमध्ये दोस्रो र कार्यसम्पादनमा पनि निकै राम्रो रहेका छन्।
सूर्योदय नगरपालिकाले सार्वजनिक सेवाहरूलाई सुदृढीकरण गर्दै आधुनिक प्रशासनलाई जनउत्तरदायित्व, नैतिकतापूर्ण , कार्यप्रवीणता बनाउन स्पष्ट दृष्टिकोण तयार गरेको छ।

frontline

जनताको गुनासो सुन्न “ गुनासो चौतारी “ बडा-बडामा प्रारम्भ गरेको छ। सार्वजनिक सुनुवाई गर्दै आएको छ। नगरपालिकाको एप्स खुल्ला गरिएको छ।नगरवासीको चाहना र ईच्छालाई अघिकतम् सम्वोधन गर्न र सघन अन्तरसम्वन्ध मार्फत विकास गर्न यस्ता धेरै भन्दा धेरै सुझापका औजारहरू समेतको व्यवस्था गरेको छ।उकृष्ट नगरपालिका बनाउन भूमिका खेल्ने मेरो जनप्रतिनिधि टीम, प्रमुख प्रशासकीय अधिकृत लयायत सम्पूर्ण कर्मचारी टीम, टोल विकास संस्थाहरू, सम्पूर्ण सरोकारवालाहरूप्रति मेयर रन बहादुर राइले आभार गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here