उठ्न थाल्यो काठमाडौंको फोहोर

२७ जेठ, काठमाडौं । सहरी विकास मन्त्रालयमा उच्चस्तरीय समितिको बैठक सुरु भएको छ। काठमाडौंमा देखिएको फोहोर व्यवस्थापनलाई दीर्घकालीन समाधान र थप रणनीति तय गर्न बैठक बसेको हो।

बैठकमा सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र प्रभावित क्षेत्रका स्थानीयको सहभागिता छ।

frontline

यसैबीच काठमाडौंको फोहोर उठ्न थालेको छ। मन्त्रालयमा शुक्रबार बिहान भएको सहमति कार्यान्वयन गर्ने सरकारी प्रतिबद्धतापछि बञ्चरेडाँडा संघर्ष समितिले आजबाटै काठमाडौंको फोहोर फाल्न दिने निर्णय भएको स्थानीय मनोज तामाङले अन्नपूर्णलाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here